राष्ट्रपतिमा पौडल निर्वाचित भएपछि रवि खुसीले गदगद, दिए बधाइ र शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाइ तथा शुभकामना दिएका छन् ।

पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेवित्तिकै बिहीबार ट्वीट गर्दै लामिछानेले बधाइ तथा शुभकामना दिएका हुन् ।

सभापति लामिछानेले लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाइ दिन चाहन्छु ।’

‘सिङ्गो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु’, रास्वपाका सभापति लामिछानेले भनेका छन् ।

रास्वपाले पनि राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गरेको थियो । रास्वपाको बिहीबार बसेको बैठकले पौडेललाई मतदान गरेर विजयी बनाउने निर्णय गरेको थियो ।

Published : Thursday, 2023 March 9, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया