ढोरपाटनबाट ठूलो परिमाणको जडीबुटीसहित दुई जना पक्राउ

बाग्लुङ । प्रहरीले बाग्लुङमा विभिन्न थरिका जडीबुटीसहित दुई जनालाई पक्राउ गरेको छ ।

ढोरपाटन नगरपालिका–१ देवचोकबाट सुनाखरी १ सय ३८ किलो ५ सय ग्राम, एक खुट्टे च्याउ २२ किलो ५ सय ग्राम र वन लसुन ९ किलोसहित २ जनालाई मंगलबार राति पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा निसीखोला गाउँपालिका–५ कारीगाउँ बस्ने २४ वर्षीय मिलन भण्डारी र सोही गाउँपालिका–४ कानाबगर बस्ने २१ वर्षीय रेशमबहादुर मल्ल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले निसिखोला गाउँपालिकाबाट–४ कानाबगरबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु.१ ज ४५२६ नम्बरको जीपमा ल्याउँदै गरेको जडीबुटीसहित बरामद गरिएको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 March 9, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया