दीक्षाको नेतृत्वमा गोदावरीमा स्वास्थ्य शिविर, ह्याम्स अस्पतालका चिकित्सकद्वारा जाँच

चापागाउँ । ‘समृद्व आधार नेपाल’ ललितपुरको गोदावरी नगरपालिकाको कार्यालय, चापागाउँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बुधबार गोदावरी नगरपालिका, ह्याम्स अस्पताल काठमाडौंको सहकार्यमा ‘समृद्धि आधार नेपाल’ले स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाकी अध्यक्ष दीक्षा बानियाँले बताएकी छिन् ।

बानियाँले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूका लागि ‘प्रजनन् स्वास्थ्यसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालन गरिएको अध्यक्ष बानियाँले बताइन् । स्वास्थ्य शिविरमा महिलाहरूले स्तन क्यान्सर तथा पाठेघरको जाँच गराएका छन् ।

शिविरबाट उल्लेख्य महिलाहरूले निःशुल्क सेवा लिएका छन् । शिविरमा उल्लेख्य संख्यामा महिलाले सेवा लिएका छन् ।

संस्थाकी अध्यक्ष बानियाँले भनिन्, ‘उल्लेख्य संख्यामा दिदीबहिनीहरूले सेवा लिनुभएको छ । हामी खुसी र उत्साहित छौँ ।’
प्रजनन् स्वास्थ्य सेवा लिने महिलाको उमेर समूह २० वर्षदेखि ७० वर्षसम्मका छन् ।

अध्यक्ष बानियाँले प्रजनन् स्वास्थ्यप्रति महिलाहरू अझै पनि खुल्न नचाहने भएकाले यससम्बन्धि समस्यालाई लुकाउने गरेको बताएकी छिन् ।

उनले भनिन्, ‘महिलाहरूलाई प्रजनन् स्वास्थ्यसम्बन्धि चेतनासँगै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले हामीले चापागाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छौं ।’

स्वास्थ्य शिविरमा समृद्व आधार नेपाल, गोदावरी नगरपालिकाका प्रतिनिधि तथा ह्याम्स अस्पतालका कर्मचारी लगायतको उपस्थित रहेको थियो । दीक्षा सानै उमेरदेखि समाज सेवामा सक्रिय छिन् ।

Published : Wednesday, 2023 March 8, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया