श्रीमती संघद्वारा उपचाररत महिलाहरूलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले उपचाररत महिलाहरूलाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गरेकी छिन् ।

बुधबार अध्यक्ष सिंहले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुति गृहमा उपचाररत महिलाहरूलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेकी हुन् ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट अध्यक्ष सिंहले दुबै प्रसुति वार्डमा गरी जम्मा १ सय १५ जना महिलालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो ।

परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल थापाथलीमा सोही अस्पतालका उप–निर्देशक डा. सन्देश पौडेल, नर्सिङ प्रमुख आशा प्रजापति, ओसिएमसीका प्रमुख सुकुमाया तामाङ र नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी कर्मचारीहरू र अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 March 8, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया