रवि लामिछानेले आफ्नी पत्नीले चलाउने टिभीको नाम जुराइदिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नी पत्नीले सञ्चालन गर्दै आएको ‘टिभी फिल्मी’को नाम परिवर्तन भएको जनाएका छन् ।

सभापति लामिछानेले बुधबार ट्वीट गर्दै ‘टिभी फिल्मी’को नाम परिवर्तन गरेर ‘नारी टिभी’ बनाएको जनाएका छन् ।

लामिछानेकी पत्नी निकिता पौडेलले ‘टिभी फिल्मी’ चलाउँदै आएकी छिन् । त्यसको मालिक निकिता र उनका बुबा उद्धव पौडेल हुन् ।

सभापति लामिछानेले लेखेका छन्, ‘समुन्नत नेपालका लागि लैङ्गिक समानता अपरिहार्य छ । प्रविधिमा महिलाहरूको पहुँच बढाउने सन्दर्भमा एसटीईएम शिक्षामा महिलाहरूको सहभागिता बढाउन जरुरी छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्णमा शुभकामना । साथै १४ वर्षदेखिको टिभी फिल्मीलाई नारी टिभी बनाउने सोंचका लागि श्रीमतीजीलाई शुभकामना ।’

टेलिभिजनको प्रस्तोता लामिछानेले लामो समय न्युज २४ र केही समय ग्यालेक्सी फोरके टिभीमा काम गरेका थिए । लामिछानेलाई टेलिभिजन कसरी चलाउने भन्ने कुराको राम्रो जानकारी छ ।

सोही भएर पनि उनले निकितालाई टिभी फिल्मी नाम परिवर्तन गरेर नारी टिभी बनाउन सुझाव दिएको चर्चा छ ।

नागरिकता कीर्ते काण्डमा परेपछि सांसद पद गुमाएका लामिछानेले पत्नीलाई टिभी कसरी सञ्चालन गर्ने भनेर फुर्सदको समयमा सुझाव र सल्लाह दिने गरेका छन् ।

Published : Wednesday, 2023 March 8, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया