राप्रपाद्वारा राष्ट्रपति निर्वाचन बहिस्कार गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचन बहिस्कार गरेको छ ।

बुधबार काठमाडौंको धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाका सांसदहरू राष्ट्रपति निर्वाचनमा सहभागी हुनेछैनन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ट्वीट गर्दै लेखेका छन्, ‘केन्द्रीय कार्यसम्पादन समितिको आज (बुधबार) बसेको बैठकले फागुन २५ गते हुने ।’

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको राजनीतिक एजेण्डा लिएर आएको छ ।

राप्रपाले एमालेप्रति झुकाब राख्दै आएको छ । एमाले र माओवादी केन्द्रबीच गठबन्धनपछि बनेको सरकारमा सहभागी भएको राप्रपाले त्यही राष्ट्रपतिसँग शपथ लिएको थियो ।

अहिले एमाले राष्ट्रपतिमा पराजित हुने अवस्था देखेपछि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने, तटस्थ बस्ने निर्णय गरेर जगत हँसाएको छ ।

Published : Wednesday, 2023 March 8, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया