राष्ट्रिय सभाका अध्यक्षले पदको गरिमा राख्न सकेनन्, ठ्याक्कै ओलीको भाषा बोले

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटनको कुराको बचाउ गरिरहेका बेला राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि संसद विघटनको बचाउ गरेका छन् ।

वुधबार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताए । उनले दलहरू आफू ठीक ढंगले नचल्ने तर, दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एमालेका नेता हुन् । उनको कार्यकाल सकिने तयारीमा रहेका बेला एमालेको बचाउ गरेका छन् । तिमिल्सिनाले ओलीको कदमको बचाउ गरेका छन् ।

उनले सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने बताए । नेपालमा विगतमा पटक–पटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले बिरोधाभाष भइरहेको अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।

‘नेपालमा हामी राजनीति गर्नेहरूले पनि बारम्बार ऐन, कानून, संविधान बनाउँदा पनि एउटा अतिमा जान्छौँ’, उनले भनेका छन्, ‘हाम्रो चलाउने ढंग नहुने अनि दोष सिस्टमलाई दिने ।’

उनले भनेका छन्, ‘उदाहरणको लागि संसद विघटन गर्नेकुरा दुनियाँमा जहाँ पनि जनप्रतिनिधिमुलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो ।’

सरकार सञ्चालन गर्नेहरूले ढंग पु¥याएर संसद चलाउन नसक्ने तर, कागजलाई दोष दिएर उम्किन खाजेको उनले बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरूले नै अन्देखा गर्ने गरेको बताए ।

केही राजनीतिक दलहरूले संसद विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रुपमा लिइरहेको उनले बताएका छन् ।

‘संविधान बनाउँदा के भयो भने यो नेपालमा पटक–पटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ’, तिमिल्सिनाले भनेका छन् ।

उनले भने, ‘आफूले ढंग पुर्‍याएर चलाउन नसक्ने अनि कागजतमा दोष दिएर कहीँ चल्छ ? अनि १२/१५ वटा पार्टी मिलेका छन्, नचलेपनि घस्रेर ५ वर्ष त केही गर्नु हुँदैन, अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ ।’

उनले सरकारले केही गर्न नसकेपछि संसद विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आफ्नो पदको गरिमा बचाउन सकेनन् । उनले एमालेका अध्यक्ष ओलीको ठ्याक्कै भाषा बोलेका छन् । राष्ट्रिय सभाको अध्यक्ष जस्तो पदमा बसेर संसद विघटनको कुरालाई बचाउ गरेर कम्युनिस्टको औकात देखाएका छन् ।

Published : Wednesday, 2023 March 8, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया