महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउनुपर्छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य अरजु राणाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नु पर्ने बताएकी छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सन्देश जारी गर्दै राणाले नेपाल र विश्वभरि लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

उनले विशेष गरी महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी छिन् ।

‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरूको समान सहभागिता हुन जरुरी छ’, राणाले भनेकी छिन्, ‘किनकि यसले उनीहरूलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत गर्दछ ।’

उनले भनेकी छिन्, ‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानूनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु ।’

‘प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्नेछु’, उनले भनेका छन् ।

नेपाली नारीहरूले आफूले पाएका अवसरमा सफल भएको जनाउँदै कांग्रेस नेतृ राणाले नेपाली नारीहरूले लगातार रुपमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरहरूका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एक आपसमा हातेमाले गरेर तोड्न लागिपर्ने बताएकी छिन् ।

उनले संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको नाराले उनीहरूको प्रविधिमा पहुँच स्थापना गर्नुपर्ने सन्देश दिएको पनि राणाले बताएकी छिन् ।

‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानूनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु’, राणाले भनेकी छिन् ।

‘प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धधन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु’, उनले भनेकी छिन्, ‘म विशेष गरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि–साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पु¥याउने नीतिगत सुधारमा काम गर्नेछु ।’

उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेससहितका क्षेत्रहरूमा लैङ्गिक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छिन् ।

Published : Wednesday, 2023 March 8, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया