प्रहरीद्वारा धुलिखेलको होटेलमा छापा, कौडा खेल्ने ९ जना पैसासहित पक्राउ

काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोक जिल्लामा कौडा खेल्ने ९ जनालाई पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने २७ वर्षीय महेन्द्र दाहालसमेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 March 7, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया