मल्ल भन्छन्, ‘निर्माण व्यवसायीहरूको समस्या र मर्का कसले बुझ्ने ? चरित्रहत्या नगरौं’

काठमाडौं । निर्माण व्यवसायी यामबहादुर मल्ल ‘रामकृष्ण’ले निर्माण व्यवसायीका पीरमर्का बुझ्दै नबुझेर जनप्रतिनिधिहरूले आन्दोलन गरि चरित्रहत्या गर्ने कार्य बन्द हुनुपर्ने बताएका छन् ।

मंगलबार मल्लले प्रेस नोट जारी गरेर निर्माण व्यवसायीले काम गर्दागर्दै सम्बन्धित निकायबाट भएका असहयोगले गर्दा काममा ढिलाइ हुने गरेको बताएका छन् । उनले भनेका छन्, ‘काम नै भएको छैन भन्ने होइन । काम भएका छन् ।’

निर्माण व्यवसायमा प्रयोग हुने सामग्रीहरूको मूल्य बढेर निर्माण व्यवसायीहरू ठूलो संकटमा परेको उनले बताएका छन् ।

पर्वत जिल्लाको जलजला गाउँपालिकास्थित धारिङ–सल्यान मटरबाटोका बारेमा स्थानीय जनप्रतिनिधिहरूले मानिसहरू सडकमा उतारेर निर्माण व्यवसायीविरुद्ध नारावाजी गर्नेदेखि चरित्रहत्या गर्ने कार्य गरेपछि मल्लले असन्तुष्टि जनाएका हुन् ।

मुलुक कानून शासनबाट चलेको भन्दै मल्लले कसैको सार्वजनिक आँच आउने गरि चरित्र हत्या गर्न नपाइने बताएका छन् ।

उनले प्रश्न गर्दै भनेका छन्, ‘कसको नाम मा छ निर्माण कम्पनी फम ? कसले गरेको छ पूर्वाधार कार्यलयमा सम्झौता ? कसले गरि राखेको थियो र छ अहिलेसम्म काम ?’

‘निमार्ण व्यवसायीका पीडा कसले बुझिदिने हो ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘महँगी बढेर कहाँ पुगेको ? काम गरेको भुक्तानी एक वर्ष हुँदा पनि कार्यालयले दिँदैनन् ।’

मल्लले भनेका छन्, ‘निर्माण व्यवसायीका निर्माण सामग्रीहरू चोरी गरिछ । काम गर्ने वातावरण बनाइँदैन’, मल्लले सडक निर्माणमा आएका व्यवधानहरूका बारेमा भनेका छन्, ‘झगडा मात्रै गरिन्छ । सडक बनाउन ढुङ्गा निकाल्न दिँदैन । बल्लबल्ल निकालेका ढुङ्गाहरू चोरी गरिएका छन् ।’

निर्माण व्यवसायी मल्लले काम गर्ने वातावरण बनाइदिनुपर्नेमा जनप्रतिनिधिले जनतालाई उचालेर सडकमा नारा, जुलुस, आन्दोलित गराउने कार्यको विरोध गरेका छन् ।

स्थानीय सरकारको नियममाथि मल्लले प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘नियत सफा भए बोलाएर के गर्ने ? काम किन रोकियो भन्नसकिन्छ ।’

मल्लले धारिङ–सल्यान मटरबाटोको ठेक्का आफूले काम गर्ने गरि ‘हिम्दुङ थोकैर एण्ड कन्ट्रक्सन प्रा.लि.फमका प्रोपराईटर शिवहरि घिमिरेसँग फम मागेर ठेक्का हालेको बताएका छन् ।

ठेक्काको सम्झौता आफ्ना भाई लालबहादुर मल्लको नामबाट गरिएको उनले बताएका छन् ।

Published : Tuesday, 2023 March 7, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया