पूर्वमाओवादी नेताहरूसँग प्रचण्डद्वारा परामर्श
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी नेताहरूसँग परामर्श गरेका छन् ।
सशस्त्र द्वन्द्वको मुद्दा ब्यूँतिन थालेपछि प्रधानमन्त्री दाहालले पूर्वमाओवादी नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । दाहालले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वमाओवादी नेताहरूलाई बोलाएका छन् ।
सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्धको मुद्दा दर्ता गरेर पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि प्रधानमन्त्री दाहालले पूर्वमाओवादी नेताहरूलाई बोलाएका हुन् ।
प्रधानमन्त्री दाहालसँगको छलफलमा बाबुराम भट्टराई, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, मातृका यादव, विश्वभक्त दुलाल ‘आहुती’लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया