बसन्तपुरमा एक लाख मानिसले होली मनाए, ३४७ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वका अवसरमा काठमाडौंमा ३४७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार होली पर्व शान्तिपूर्ण रुपमा सञ्चालन गर्नका लागि काठमाडौं प्रहरीले करीव ५ हजार प्रहरी कर्मचारी परिचालन गरेको जनाएको छ ।

ट्राफिकलाई समेत समूचीत व्यवस्थापन गरी सवारी साधनलाई सुचारु रुपले सञ्चालन गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चालाउने, हो– हल्ला गर्ने, उच्छि«ङखल गतिविधि गर्ने व्यक्तिहरू पुरुष ३२९ महिला १८ सहित ३४७ जनालाई नियन्त्रणमा लिइएको छ ।

ट्राफिक कार्वाहीमा ९० जना परेका छन् । ४५४ वटा सवारी साधन होल्ड गरिएको विज्ञप्तिमा उल्लेख छ । होली पर्व शान्त र सभ्य तवरले मनाउनको लागि सुरक्षा योजना तयार गरिएको थियो ।

सुरक्षाको लागि बिभिन्न स्थानमा पैदल गस्ती, चेकिङ्, मोवाइल गस्ती , रिजर्भ टोलीहरू बढाई होली पर्व शान्तिपूर्ण एवम् हर्षौउल्लासका साथ मनाउनको लागि सुरक्षा व्यबस्था मिलाइएको थियो ।

होली पर्वमा काठमाडौंको विभिन्न स्थानमा ७ सातवटा साङ्गीतिक कार्यक्रम आयोजना गरिएकोमा शान्तिपूर्ण तवरले समापन भएको छ ।

विशेष गरी होली पर्व मानाउन बसन्तपुर एरियामा अनुमानित १ लाखको हाराहरीमा मानिसहरू आवत जावत भएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2023 March 6, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया