नेपाली रुपियाँसँग भारतीय रुपियाँ सटही गर्ने गिरोह पक्राउ, लाखौं रुपियाँ बरामद

काठमाडौं । प्रहरीले लाखौं नेपाली रुपियाँ र भारतीय रुपियाँसहित ९ जनालाई महोत्तरीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा डीएसपी सन्तोषकुमार पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा प्रतिबन्धित भारतीय रुपियाँका नेताहरूसहित १४ लाख ३७ हजार ६४० रुपियाँसहित मानिसहरू पक्राउ गरिएको छ ।
प्रहरीले नेपाली रुपियाँ ८२ हजार २०५ रुपियाँ पनि बरामद गरेको छ ।

नेपाली रुपियाँसँग भारतीय रुपियाँ सटही भएको गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बिहान करीव साढे ९ बजे महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा बजारबाट भारतीय र नेपाली नागरिकहरूलाई फत्रउा गरेको थियो । प्रहरीले ५ थान मोबाइल पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका बस्ने ४३ वर्षीय जितेन्द्रकुमार सिंह, ४० वर्षीय सुशील साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, ३४ वर्षीय अकबर अंसारी, ५६ वर्षीय रामएकवाल मण्डल, ३४ वर्षीय सरोजकुमार साह र २७ वर्षीय आनन्द कुमार रहेका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा भारतीय नागरिक बिहारको मोतीहारी जिल्लाको मोठलिईया हरसिद्दी थाना वडा नं. ३ बस्ने सत्यनारायण महतोका छोरा ३३ वर्षीय जितेन्द्रकुमार महतो रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका सबैलाई प्रहरीले विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ ।

Published : Monday, 2023 March 6, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया