मकवानपुर कांग्रेसका सभापति लामालाई पितृ शोक

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाका पिताको निधन भएको छ ।

सभापति लामाका पिता माइला लामाको असामयिक निधन भएको नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले बताएका छन् । सभापति बानियाँले माइला लामाको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।

शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै बानियाँले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएका छन् ।

‘शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, सभापति बानियाँले भनेका छन् ।

Published : Monday, 2023 March 6, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया