एमालेका नेता रामबहादुर थापाको दुर्घटनामा मृत्यु

काठमाडौं । एमालेका नेता रामबहादुर थापा ‘गोपाल’को सडक दुर्घटनामा मृत्यु भएको छ ।

प्यूठान जिल्ला कमिटी सदस्य थापाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको एमालेद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत उनलाई जिम्मेवारी तोकिएको स्थानीय तह सरुमारानी गाउँपालिका जानेक्रममा फागुन २० गते माण्डवी गाउँपालिका– ५ आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

थापाको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको एमालेले जनाएको छ । सोही दुर्घटनामा प्यूठान जिल्ला कमिटी सदस्य वसन्ता भुसाल आचार्यको उपचार भइरहेको छ ।

Published : Monday, 2023 March 6, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया