होली पर्वको अवसरमा कांग्रेसद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले होली पर्वको अवसरमा शुभकामना दिएको छ ।

सोमबार शुभकामना सन्देश जारी गरेर कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वको शुभकामना दिएका हुन् ।

‘नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको पावन अवसरमा म सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।

उनले भनेका छन्, ‘होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ ।’

‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Monday, 2023 March 6, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया