विराटनगरका आभाष बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा ३५ वर्षीय आभाश अर्याल ‘आवास’ पक्राउ परेका छन् ।

सीबीआईले अर्याललाई आइतबार काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । अर्याल बैंकिङ कसूर मुद्दाका फरार रहकेका थिए ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थायी घर भई अर्याल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ बस्दै आएका थिए ।

अर्यालविरुद्ध उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपियाँ जरिवाना ठहर गरेको थियो ।

सजाय र जरिवाना ठहर भएपछि अर्याल फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बागबजारबाट पक्राउ गरेको छ ।

अर्यालले नबिल बैंक लिमिटेड काठमाडौं सिनामंगल शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी २०७७ चैत ११ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 March 5, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया