डीआईजी ज्ञवालीद्वारा तेह्रथुम प्रहरीको कार्यालको निरीक्षण

काठमाडौं । नेपाल प्रहरीका १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गरेका छन् ।

आइतबार डीआईजी ज्ञवालीले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गरेर प्रहरी कर्मचारीहरूको उच्च मनोबल बढाइदिएका छन् ।

ज्ञवालीले कार्यालय तथा सम्पूर्ण शाखाहरू समेतको निरीक्षण गरेका छन् । उनले प्रहरी कर्मचारीको मेश, ब्यारेकसहितका स्थानको पनि निरीक्षण गरेर सरसफाइमा ध्यान दिन सुझाव दिएका छन् ।

डीआईजी ज्ञवालीले तेह्रथुममा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

निर्देशनको क्रममा डीआईजी सिंहले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीहरूसँग समान व्यवहार, नैतिकता र अनुसाशित भई संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिएका छन् ।

उनले प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सहि सदुपयोग गरी प्रयोग गर्न आग्रह गरेका छन् ।

आत्महत्या तथा सवारी दुर्घटना न्यूनीकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्न समेत डीआईजी ज्ञवालीले निर्देशन दिएका छन् ।

Published : Sunday, 2023 March 5, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया