गगन थापाद्वारा विद्यादेवी भण्डारीका गलत कुराहरूको भण्डाफोर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा ८ दलले गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले विगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको बताए ।
एमालेकी उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको गोटी बनेर संविधान विपरितका क्रियाकलाप गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू सचेत छन् ।
एउटा व्यक्तिका कारण गत पाँच वर्ष खेर गएको कांग्रेसका महामन्त्री थापाले बताएका छन् ।
उनले अबको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने बताएका छन् ।
थापाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गरेर ५ वर्षको समय खेर फाल्नु परेको बताएका हुन् ।
थापाले जनताका लागि परिणाममूखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताए ।
महामन्त्री थापाले अहिले प्रचण्ड, माधव नेपाल लगायतका शीर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया