नेविसंघको केन्द्रीय कार्यालयमा गुण्डाहरूद्वारा हमला
काठमाडौं । अराजक समूहले नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यालयमा आक्रमण गरेर क्षति पुर्याएको छ ।
बिहीबार साँझ नेविसंघका केही नेता कार्यकर्ताले अनामनगरस्थित केन्द्रीय कार्यालयभित्र प्रवेश गरेर तोडफोड गरेको हो । सो समूहले केही सामग्रीहरू पनि लुटेर लगेको छ । केन्द्रीय कार्यालयबाट डीएसएलआर क्यामरा, तीन वटा ल्यापटपसहितका सामान हराएको छ ।
नेविसंघका नेता विनोदराज जोशीले केही विद्यार्थी नेताहरू आएर केन्द्रीय कार्यालयमा तोडफोड गरेको बताए ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन केही दिन मात्रै बाँकी रहेका बेला नेविसंघको मुख्यालयमा आक्रमण भएको छ ।
आक्रमणबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् । कुर्सी, टेबुलमा पनि क्षति पुगेको छ ।
केन्द्रीय कार्यालयमा आक्रमण गरेर क्षति पुर्याउने समूह अराजक र गुण्डाहरू भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया