नवलपरासीमा १६ लाखको कोइलासहित ट्रयाक्टरहरू पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नवलपरासीमा तीन वटा ट्रयाक्टरलाई अबैध कोइरालासहित नियन्त्रणमा लिएको छ ।
प्रतापुर गाउँपालिका– ४ हर्कपुराबाट बिहीबार सशस्त्र प्रहरीले करीव १५ लाख ९८ हजार रुपियाँ बराबरको काठको कोइला र
तीन वटा ट्रयाक्टर नियन्त्रणमा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
कोइराला भन्सार छली अवैध रुपमा नवलपरासीमा भित्र्याइएको थियो । लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको
ट्रयाक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोइला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको छ ।
ट्रयाक्टर जाँच गर्ने क्रममा चालक भने फरार भएका थिए । नियन्त्रणमा ल्याइएको कोइलासहितको तीन वटा ट्रयाक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया