भक्तपुरमा औषधिको अवैध कारोबार, अरूणकुमार पक्राउ

काठमाडौं । भक्तपुरमा औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको देवाहीबोनाही नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ निकोशेरास्थित औषधि पसल संचालन गरी बस्ने २७ वर्षीय अरूणकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका–५ निकोसेरास्थित दर्ता नगरेको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2023 March 2, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया