नेपाल प्रहरी श्रीमती संघले बनाइदियो काठमाडौंमा शौचालय

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघद्वारा गोकर्णेश्वर नगरपालिका–६ स्थित वडा कार्यालय अगाडि सार्वजनिक स्थानमा जडान गरिएको प्रोटेवलसार्वजनिक शौचालय गोकर्णेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले बुधबार आयोजित एक कार्यक्रमबीच गोकणेश्वर नगरपालिकाकाप्रमुख दीपककुमार रिसाललाई उक्त शौचालय हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालले शौचालयले पैदलयात्री तथा सेवाग्राहीलाई सहज हुने उल्लेख गरेका छन् ।

उनले शौचालयको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिने बताउका छन् ।

कार्यक्रममा संघकी अध्यक्ष सिंहले सिभिल बैंकसँग समन्वय तथा सहकार्य गरी सार्वजनिक हितको लागि नागरिक जीवनमा सहजता होस् भन्ने हेतूले सर्वसाधरणको बढी आवतजावत हुने स्थानमा शौचालय संचालन गरिएको बताइन् ।

सानो प्रयासले स्वच्छ वातावरणका लागि सरसफाइमा समेत सहयोग पुग्ने उनले बताएकी छिन् ।

गोकर्णेश्वर नगरपालिकाका उप–प्रमुख सान्नानी लामाले समेत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Published : Thursday, 2023 March 2, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया