अध्यागमन विभागको महानिर्देशक र सीडीओहरूको सरुवा

काठमाडौं । सरकारले सात जना सह–सचिवहरूको सरुवा गरेको छ ।

सरुवा तथा जिम्मेवारी हेरफेर हुनेहरूमा सबै गृह मन्त्रालयअन्तर्गतका सह–सचिवहरू छन् । केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा भएको छ ।

सह–सचिव आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

सह–सचिव नारायण रिसाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ ।

पाल्पामा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा तानिएको छ ।

सह–सचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

सह–सचिव फणीन्द्रमणि पोखरेललाई मन्त्रालय अन्तरगत रहेको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

सह–सचिव रुद्रादेवी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

Published : Tuesday, 2023 February 28, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया