बौद्धमा प्रहरीद्वारा जुवातासको खालमा छापा, १५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेल्ने समूहका १५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपियाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

जुवातास खेल्नेहरूलाई पक्राउ गरेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 February 28, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया