कांग्रेसबाट लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा तिमिल्सिना मनोनयन

काठमाडौं । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसले प्रमुख सचेतकमा जन्मजय तिमिल्सिनालाई मनोनयन गरेको छ ।

कांग्रेसका लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले तिमिल्सिनालाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

प्रमुख सचेतकमा मनोनयन भएका तिमिल्सिना बर्दियाको क्षेत्र नं. २ प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।

नेपाल तरुण दलको पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका नेता तिमिल्सिना युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

Published : Tuesday, 2023 February 28, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया