कोटेश्वरमा ठक्कर दिएर सवारी साधन भाग्यो, महिलाको मृत्यु, मृतकको नाम खुलेन
काठमाडौं । नम्बर नखुलेको सवारी साधनले पैदललाई ठक्कर दिँदा काठमाडौंमा महिलाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता, महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा प्र.२–०२ ००२ प ३३७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ६७ वर्षीय प्रेमलाल महतोको आतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमासेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ स्थित सडकमा बा.३ ख ४९०२ नम्बरको बसको ठक्करबाट साईकलयात्री भारत बिहार बनेलिपट्टी–८ बस्ने ४५ वर्षीय राम नारायण मेहताको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया