व्यूरोले श्रेष्ठलाई ओखढुंगाबाट पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । प्रहरीले नाबालिकाको तस्बिरमा अश्लीलता जोडी हैरानी दिएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठलाई रहेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखी नाबालिकासँग वार्तालाप गरेको तथा वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गर्ने गरेका थिए ।

सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत पठाई हैरानी दिने गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठ उपर विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2023 February 27, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया