व्यूरोले श्रेष्ठलाई ओखढुंगाबाट पक्राउ गरेर काठमाडौं ल्यायो
काठमाडौं । प्रहरीले नाबालिकाको तस्बिरमा अश्लीलता जोडी हैरानी दिएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठलाई रहेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखी नाबालिकासँग वार्तालाप गरेको तथा वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गर्ने गरेका थिए ।
सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत पठाई हैरानी दिने गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठ उपर विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया