योगी आदित्यनाथले ‘माफिया और अपराधीको मिट्टीमे मिलादेंगे’ भनेपछि डरले थरथर

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले माफिया र अपराधीहरूलाई माटोमा मिलाउने चेतावनी दिएका छन् ।

शुक्रबार उत्तरप्रदेशको राजधानी लखनउमा बसेको विधान सभाको बैठकमा सम्बोधन गर्दै आदित्यनाथले माफिया र अपराधीलाई समाजवादी पार्टीले संरक्षण गरेको आरोप लगाए । उनले अपराधी र माफियालाई संरक्षण नगर्न चेतावनी दिएका छन् ।

उनले भने, ‘हिजोको घटना जो भएको छ त्यो दुखद् छ । सरकारले त्यसलाई गम्भीर रुपमा लिएको छ ।’

‘सरकारले जिरो टलरेन्सअन्तर्गत काम गरिरहेको छ । त्यसको परिणाम पनि छिटो आउनेछ’, मुख्यमन्त्री आदित्यानाथले भनेका छन् ।

उनले भने, ‘जो अपराधी छन् । जो माफिया हुन् । आखिर पालेका कसले हुन् ? जुन माफियाविरुद्ध कारबाही चलाइएको थियो ती माफियालाई समाजवादी पार्टीले सांसद बनाएको थियो ।’

‘अपराधीलाई तपाईहरूले पाल्नु हुन्छ । जुनसुकै पार्टीको होस् त्यसलाई कारबाही हुन्छ’, आदित्यनाथले भने, ‘तपाईहरूले सबै अपराधीलाई पाल्नु हुन्छ ।’

उनले भने, ‘ती अपराधी र माफियालाई माल्याणर्पन गर्नु हुन्छ ? त्यसपछि तपाईहरूले तमासा बनाउनु हुन्छ ? अर्को अपराधीलाई प्रेसर दिनु हुन्छ । ती अपराधीलाई गलामा लगाउने माला बनाउनु हुन्छ । अर्कोतिर दोषारोपण पनि गर्नु हुन्छ ।’

‘अपी अहेमदको विरुद्ध पीडित परिवारले मुद्धा दर्ता गराएका थिए ती समाजवादी पार्टीद्वारा पालितपोषित माफिया हुन्’, आदित्यनाथले भने, ‘उनीहरूको माफिया तोड्ने काम हाम्रो सरकारले गरेको छ ।’

‘इस माफियाको मिट्टीमे मिलादेंगे । जो माफिया है उसको मिट्टीमे मिला देंगे’, उनले चेतावनी दिएका छन् ।

‘उनीहरू पेशेवर अपराधीको संरक्षक हुन् । यिनीहरूको रगतमा अपराध भरिएको छ’, उनले भने, ‘अपराधभन्दा अरु केही जानेका छैनन् । प्रदेशले जानेको छ ।’

‘अहिले माफियाहरू भगेका छन् । ती माफिया र अपराधीहरू समाजवादी पार्टीको संरक्षणमा पटक पटक एमपी बनेका छन्’, उनले भने, ‘सन् १९९६ मा इलाहाबाद वेस्ट सेवामा समाजवादी पार्टी र सरकारको सहयोगबाट एमएलए बनेको थियो ।’

उनले भने, ‘सन् २००४ मा पनि त्यो माफिया यिनीहरूको सहयोगले एमपी बनेको थियो । सन् २००९ मा त्यो माफियालाई सांसद बनाउने कुख्यात कार्य पनि यिनीहरूले गरेका हुन् । जो सुकै होस् ती माफियालाई माटोमा मलिाउने काम सरकारले गर्छ । चोरी और सिना चोरी नहि चलेगा ।’

उत्तर प्रदेशको विधान सभा बैठकमा प्रमुख प्रतिपक्ष दल समाजवादी पार्टीका अध्यक्ष तथा नेता अखिलेश यादवले गोली चलेको विषयमा जवाफ माग गरेपछि मुख्यमन्त्री आदित्यनाथले कडा जवाफ दिएका हुन् ।

Published : Monday, 2023 February 27, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया