राष्ट्रपति निर्वाचन आइरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक आह्वान

मसुरिया । राष्ट्रपति निर्वाचन आइरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ ।

प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने सूचनामा उल्लेख छ । जारी सूचनाअनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।

लुम्बिनी प्रदेश सरकारको बैठक करिब एक महिनापछि बस्न लागेको छ । लुम्बिनी प्रदेश सरकारको बैठक यसअघि माघ २० गते बसेको थियो ।

बैठकको कार्यसूचीका विषयमा सूचनामा केही भनिएको छैन ।

Published : Monday, 2023 February 27, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया