प्रतिनिधि सभाकी सांसद सहनाज रहमानको निधन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)कि सांसद सहनाज रहमानको निधन भएको छ ।

प्रतिनिधि सभाकी समानुपातिक सांसद रहमानको हृदयघातका कारण निधन भएको हो । उनी जसपाको केन्द्रीय सदस्य समेत थिइन् ।

जसपाको भ्रातृ संस्था गैर भौगोलिक एकाइले आयोजना गरेको पिकनिकमा भक्तपुर गएकी सांसद रहमान खाना खाए लगत्तै ढलेकी थिइन् ।

उनलाई तत्काल नयाँ ठिमीमा रहेको मध्यपुर अस्पताल पुर्‍याइएको केही समयमा चिकित्सकले मृत घोषण गरेको जसपा सांसद प्रदीप यादवले बताएका छन् ।

सांसद रहमानका परिवारका सदस्यहरू पनि पिकनिकमा सँगै गएका थिए ।

Published : Saturday, 2023 February 25, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया