राष्ट्रपति निर्वाचन र चितवन २ बारे कांग्रेसले गरेका निर्णयहरू

फागुन १३, २०७९
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज बस्यो । महामन्त्री श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ ।

निर्णयहरुः
१. नेपालको संविधानको धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पार्टीका पूर्व कार्यवाहक सभापति, पूर्व सभामुख श्री रामचन्द्र पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय यो बैठक गर्दछ ।
२. नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनैतिक दल एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछ ।
३. संवत् २०८० वैशाख १० आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय यो बैठक गर्दछ ।
४. उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।
५. उक्त उप–निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

स्वास्थ्यलाभको कामना
बैठकले नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी, प्रतिनिधि सभाका सदस्यद्वय— मनोरमा शेरचन र विनाकुमारी थनेतको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

शोक प्रस्ताव
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य अम्बिका बस्नेतकी ममतामयी माता कपिलकुमारी बस्नेतको पौष १७ गते; जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको पौष २३ गते; गोरखाका पूर्व सभापति वुद्धिप्रसाद लामिछानेको पौष २९ गते; झापाका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महासचिव अनिलकृष्ण प्रसाईको पिता गोपालकृष्ण प्रसाईको माघ ९ गते; महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान महासंघका निवर्तमान केन्द्रीय सदस्य अमृतकुमार श्रेष्ठको माघ १७ गते; नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पूर्व कर्मचारी एवं सिन्धुपाल्चोक जिल्ला साविक प्रतिनिधि सभा क्षेत्र नं. ३ का पूर्व क्षेत्रीय सभापति हरिप्रसाद गजुरेलको माघ १९ गते; सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं. ७ का उपसभापति किरण लामा घिसिङको माघ २२ गते; पूर्व सांसद एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको माघ २४ गते; दैलेखका महाधिवेशन प्रतिनिधि एवं महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको माघ २७ गते; नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य डा. चन्द्र भण्डारीको ममतामयी माता हरिकला भण्डारीको फागुन ४ गते; त्रिविवि सेवा आयोगका पूर्व अध्यक्ष प्रा. चुडाराज उप्रेतीको फागुन ८ गते, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारका भतिजा एवं सुनसरीका पूर्व महाधिवेशन प्रतिनिधि शशीनारायण गच्छदारको कार्तिक २४ गते; बाँके क्षेत्र नं. ३ का क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीको आमा मन्दीरा ओली; बाँके क्षेत्र नं. ३ वैजनाथ वडा नं. ६ का वडा सभापति कमानसिं सुनारको आमा गौरी सुनार; रुपन्देही तिलोत्तमा नगर कार्यसमितिका सल्लाहकार शम्शेर सिंह राना मगरको फागुन १४ गते; नेपाली कांग्रेस बाजुराका सहसचिव उमाकान्त पण्डितको पुस १८ गते; बाजुराका जिल्ला सचिव तिलकराज पुरीको दाजु केशवराज पुरीको माघ २४ गते; धनुषाका स्वतन्त्र सेनानी कुलबहादुर स्याङ्ताङ, बारा कोल्हवी न.पा. वडा नं. ११ का पूर्व इकाई सभापति निरसु चौधरी, धनुषा क्षेत्र नं. ४ कुर्थाका स्वतन्त्र सेनानी हरिचन्द्र पासवान, बाराका नेतृ नारायणी रायमाझीकोे श्रीमान पुष्कर रायमाझी; कञ्चनपुरका पूर्व जिल्ला उपसभापति मदन चन्द; नेपाल किसान संघ कञ्चनपुरका सभापति भैरवसिंह ऐर; नेपाली कांग्रेस पाँचथर क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सचिव ज्ञानबहादुर भण्डारीको आमा विष्णु मायाँ भण्डारी र पाँचथर जिल्लाका आमन्त्रित सदस्य सूर्यकुमार दाहालको आमा उत्तरलछी दाहालको फागुन ५ गते, नेपाल शिक्षक संघ पाँचथरका नेता काजीमान श्रेष्ठको छोरा डा. किरण श्रेष्ठ र याङवरक गा.पा.४ का प्रेमकला तावा लक्समको निधनप्रति कार्यसम्पादन समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Saturday, 2023 February 25, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया