राप्रपाका कारण प्रदेश सरकारहरू संकटमा, केन्द्र सरकारमा उथलपुथल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिइ सरकारबाट बाहिरिने निर्णय गरेका छौं ।’

‘प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टीकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट समेत बाहिरिने निर्णय गरिएको छ’, राप्रपाले भनेको छ ।

राप्रपाको यो निर्णयले केन्द्र सरकारलाई खासै असर पर्नेछैन । तर, प्रदेश सरकारहरू भने संकटमा परेका छन् । बागमती प्रदेश, १ नं. प्रदेश, लुम्बिनी प्रदेशलगायतमा सरकारहरू संकटमा परेका छन् ।

Published : Saturday, 2023 February 25, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया