लेकसाइडमा ३ करोडको लागतमा ‘लेस्पा बाइ डोनाल्डजी स्पा’ सञ्चालन

पोखरा । पोखराको लेकसाइडमा ‘लेस्पा बाइ डोनाल्डजी स्पा’ सञ्चालनमा आएको छ ।

शुक्रबार हल्नचोक नजिकै रहेको स्पाको उद्घाटन गरिएको छ । सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलोपटक स्पा भित्र्याएको थियो । त्यही स्पामा काम गरेका मलेसियन डानाल्डजी स्पाको प्रबन्ध निर्देशक रहेका छन् । उनले भने, ‘स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिन्छ ।’

यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्न र तनाव तत्काल कम गर्न मद्दत गर्ने उनको भनाई छ । उनले पोखरामा उत्कृष्ट र धेरै क्षमताको स्पा बनाएको बताए ।

फेवा टाइम्स स्वएर प्रालिले स्पामा ३ करोडभन्दा बढि लगानी गरेको निर्देशक डानाल्डजीको भनाई छ । अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई तनाव मुक्त बनाउन स्पानै उपचार रहेको निर्देशक डानाल्डजीको भनाई छ ।

उनले उत्कृष्ट सेवालाई हेरेर र प्रयोग गरेर महशुस गर्न आग्रह गरेका छन् । स्पामा कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, सौना, बडी, स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकुजी, मसाज, स्टिम वाथ, फुट मसाज लगाएतका सेवा रहेको मिडिया कोअडिनेटर एनि चाले बताइन् ।

सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त, मनमोहक दृश्यले भरिएको र सकारात्मक भाव जगाउने वातावरण स्पामा रहेको उनको भनाई छ । स्पाबाट फेवातालको मनोरम दृश्य हेर्दै स्पा गर्न सकिने बताइन् । उद्घाटनको अवसर पारेर एक महिनासम्म ५० प्रतिशत सम्म छुट रहेको उनको भनाई छ । स्पामा १ हजारदेखि ५ हजारसम्मका तिरेर विभिन्न सेवा लिन सकिने उनले बताइन् ।

सौन्दर्यकर्मी चिनु गुरुङले अनुहारको मात्रै केयर गरेर नहुने भन्दै शरीरको पनि केयर गर्न आवश्यक रहेको बताइन् । उनले शरीरको केयर गर्न मसाज नै सबैभन्दा उपयुक्त भएको बनाइन् ।

त्यसै गरी व्यवासायी मिलन थापाले मसाज, स्पा, ध्यानले मानिसलाई तनाबमुक्त बनाउने बताइन् । उनले कामको तनाबबाट आराम लिन हप्तामा एक दिन भएपनि स्पा जान सुझाब दिइन् ।

Published : Friday, 2023 February 24, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया