कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाउने सहमति

काठमाडौं । राष्ट्रपति निर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ ।

कांग्रेसले शनिबार बिहान साढे ८ बजेका लागि कार्यसमितिको बैठक बोलाउने तयारी गरेको बुझिएको छ ।

कांग्रेसका एक नेताले शनिबार बिहान केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा बिहीबार शीर्ष नेताहरूका बीच सहमति भएको बताएका छन् ।

बैठकको निर्णयपछि कांग्रेसले सोही दिन राष्ट्रपतिमा उम्मेदवारी दिनेछ ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपतिको उम्मेदवारमा चर्चामा छ ।

Published : Thursday, 2023 February 23, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया