काठमाडौं उपत्यकाभित्र सवारी साधन चलाउन गति तोकियो, उल्लंघन गरे जरिवाना भराउने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले काठमाडौं उपत्याकाभित्र विभिन्न गतिमा सवारी साधन चलाउन सूचना जारी गरेको छ ।

बिहीबार ट्राफिकले सूचना जारी गरेर कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० को सीमित गतिमा सवारी साधन चलाउनुपर्नेछ ।

सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटर सीमित गति तोकिएको छ । कोटेश्वर–भक्तपुर सडक खण्डमा प्रतिघण्टा ५० प्रतिकिलोमिटर सीमित गति तोकिएको सूचनामा उल्लेख छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा प्रतिकिलोमिटर ५० गति र सर्भिस ट्रयाकमा प्रतिकिलोमिटर २० गति तोकिएको छ’, सूचनामा भनिएको छ ।

‘कोटेश्वर–भक्तपुर सडक खण्डमा प्रतिकिलोमिटर ५० गति तोकिएको छ’, सूचनामा भनिएको छ ।

उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तोकिएको गतिभन्दा धेरै स्पिडमा सवारी साधन चलाएमा जरिवाना हुनेछ ।

Published : Thursday, 2023 February 23, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया