काठमाडौंको मनहरामा घरभित्रै शव फेला

काठमाडौं । काठमाडौंको मनहरामा एक जनाको शव फेला परेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ हात्तीडाँडा बस्ने ३४ वर्षीय प्रलाद कार्कीको शव भेटिएको प्रहरीले जनाएको छ । कार्की आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

उता, चितवनको भरतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा सोही महानगरपालिका–१० बस्ने माडी नगरपालिका–५ घर भएका १६ वर्षीय रितेश थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उनी शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अछामको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङजाको गल्याङ नगरपालिका–८ बग्रादी बस्ने ५५ वर्षीया दुर्गा बिक आफ्नै घरको सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

तेह्रथुमको फेदाप गाउँपालिका–५ ईसुबू बस्ने ६२ वर्षीय जयनारायण दुलाल आफ्नै घरको आगो बाल्ने अगेनामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–११ गणेशथान बस्ने ७४ वर्षीया मीना घले आफ्नै घरको सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता, ओखलढुङ्गाको लिखु गाउँपालिका–८ सानी मझुवा बस्ने ७० वर्षीया मैया सार्की सोही ठाउँ कालिपानओ खोल्सोस्थित गोरेटो बाटोबाट करिब १० मिटर तल बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

सोही ठाउँ डाँडाखर्कस्थित छोरीको घर गएकी उनी साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

रामेछापको रामेछाप नगरपालिका–९ ल्याङल्याङ नुबुघाटस्थित सुनकोशी नदीको बिच पानीको भङ्गालोमा सिन्धुलीको सुनकोशी गाउँपालिका–६ बस्ने ६७ वर्षीय हस्तबहादुर राना मगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 February 23, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया