मोटरसाइकलको ठक्करबाट ललितपुरमा पैदलयात्रुको मृत्यु
काठमाडौं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१४ ताल्छिखेलमा बा.९१ प ९००० नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री दोलखाको भीमेश्वर नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–४ जावलाखेल बस्ने ५४ वर्षीय दीपक शाहको बुधबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ठक्करबाट गम्भीर घाइते भएका शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, झापाको शिवसताक्षी नगरपालिका–९ नहरचोकमा प्र १–०१–०१२ प ९११६ नम्बरको मोटरसाइकलले साईकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय नवीन बास्कोटाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका साईकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता, नुवाकोटको बिदुर नगरपालिका–५ माझिटारमा बा.प्र–०२–०२२ प २७७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु प्याकुरेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
उता, कालीकोटको तिलागुफा नगरपालिका–५ धनाडामा क.प्र०२–००१ ख ०३५६ नम्बरको मिनी ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पाल्तडा बस्ने २९ वर्षीय छविप्रसाद चौलागाईंको बुधबार राति मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ट्रकका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया