ललितपुरको जंगलमा महिला बलात्कृत, एक जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट एक जनालाई बलात्कारको अभियोगमा पक्राउ गरेको छ ।

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बागमती गाउँपालिका–७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले अन्तरेलाई पक्राउ गरेको हो ।

बलत्कारको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।

Published : Thursday, 2023 February 23, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया