एसएलआरको गोली लागेर मृत अवस्थामा प्रहरी जवान फेला

काठमाडौं । एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र बिक मृत भेटिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत उनको कन्चटमा गोली लागेको छ । प्रहरी जवान बिक आफैले बोकेको एसएलआर बन्दुको गोली लागेको छ ।

बुधबार राति २ बजेर ५६ मिनेटमा बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत भेटिएका प्रहरी जवान बिकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।

प्रहरी जवान बिकले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान प्रहरीको छ ।

Published : Thursday, 2023 February 23, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया