एसएलआरको गोली लागेर मृत अवस्थामा प्रहरी जवान फेला
काठमाडौं । एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र बिक मृत भेटिएका हुन् ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत उनको कन्चटमा गोली लागेको छ । प्रहरी जवान बिक आफैले बोकेको एसएलआर बन्दुको गोली लागेको छ ।
बुधबार राति २ बजेर ५६ मिनेटमा बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत भेटिएका प्रहरी जवान बिकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।
प्रहरी जवान बिकले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान प्रहरीको छ ।
Published : Thursday, 2023 February 23, 9:39 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया