रुकुम पश्चिमका दलवीर काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा ३१ वर्षीय दलवीर बिकलाई पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै नगद ६ लाख रुपियाँ ठगी गरेको अभियोगमा

रुकुमको सानीभेरी गाउँपालिका–२ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपियाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रुपियाँ ठगी गर्ने कार्यमा संलग्न बिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरकाठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 February 22, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया