डलर तस्करी गर्दागर्दै दावा काठमाडौंमा पक्राउ, ४ लाख लुटेर भागेका थिए
काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३२ वर्षीय दावा डुण्डुप तामाङलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको गातीघर भई भक्तपुरको पुरानो ठिमी बस्ने दावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपियाँ साटीदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका दावालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले गोकर्णबाट पक्राउ गरेको हो ।
दावाले २०७९ माघ २६ गते काठमाडौंको साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपियाँ लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया