राष्ट्रपति निर्वाचन नजिकिएका बेला चीनले सक्रियता देखायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान राजदूत सङले दाहालसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला चिनियाँ राजदूत सङले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् ।

शुक्रबार साँझ राजदूत सङले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग बालकोटमा भेट गरेका थिए ।

नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता होस् भन्ने इच्छा चीनले राख्ने गरेको छ । चीनले कम्युनिस्ट पार्टीका नेताहरूलाई मिलेर जान दवाव दिँदै आएको छ ।

Published : Wednesday, 2023 February 22, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया