विनोद चौधरीको पहलमा चिसापानी अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने सहमति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई अधिकतम सेवा कसरी दिन सकिन्छ भनेर काम गरिरहेका छन् ।
अधिकांश समय नवलपरासीको क्षेत्र नं. १ मा बस्दै आएका सांसद चौधरी सानाभन्दा साना कार्यक्रममा सहभागी हुने गरेका छन् । विद्यालयका कार्यक्रम, विभिन्न प्रतियोगिता, विकाशका कार्यक्रमको समीक्षा तथा अनुगमन, क्लवहरूको कार्यक्रम, स्थानीय जनताको आवश्यक्ता आदि बुझ्ने गरेका छन् ।
यसैबीच, सांसद चौधरीले बर्दघाट–२ मा रहेको चिसापानी अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्न महत्वपूर्ण सम्झौता गराएका छन् ।
मंगलबार चौधरी फाउण्डेशन र चिसापानी अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार चिसापानी अस्पतालको सेवास्तरोन्नति एवम् विस्तार गरिनेछ ।
‘नवलपरासीका नागरिकले गुणस्तरीय र सहज स्वास्थ्य सेवा पाउने विश्वास लिएको छु’, सांसद चौधरीले भनेका छन्, ‘अस्पताललाई थप विशिष्टिकृत गर्न आगामी दिनमा काम हुने नै छन् ।’
उनले भनेका छन्, ‘चुनावमा गरिएका संकल्प कार्यान्वयनमा प्रतिवद्ध छौं ।’

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया