नागार्जुनमा जवाडेका नाइके पोखरेलसहितको ग्याङ पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा जुवा तास खेल्ने ६ जनाको समूहलाई पक्राउ गरेको छ ।

४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । उपेन्द्र पोखरेलले भीमढुंगाको धनसारमा जुवाडेहरू जम्मा गरेर जुवा खेलाउँदै आएका छन् ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार रुपियाँसहित पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ६ बुक तास पनि बरामद गरेको छ । जुवातास खेलेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेमा हरिचन्द्र गिरी, गोकुल गिरी, दिनेश खनाल, राजु गिरी, सानुभाइ तामाङ्ग रहेका छन् ।

प्रहरीले छापामारेपछि साे घरमा जुवातास खेल्नेमध्येका ३० जना फरार भएका छन् ।

Published : Monday, 2023 February 20, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया