सिद्धिचरण र मानेभञ्ज्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, खतिवडाद्वारा उद्घाटन
मानेभञ्ज्याङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ‘मानेभञ्ज्याङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९’को उद्घाटन गरेका छन् ।
शनिबार ओखलढुंगाको सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङमा आयोजित अलग अलग कार्यक्रममा खतिवडाले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
खतिवडाले आफूले अध्ययन गरेको भगती माध्यामिक विद्यालयले प्रतियोगिताको संयोजन गरेकोमा खुसी व्यक्त गरेका छन् ।
खतिवडाले कांग्रेसका नेता स्व.बलबहादुर राई, स्व.गोपाल राई तथा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईलालाई जन्माएको मानेभञ्ज्याङ गाउँपालिकाले रनिङ शिल्ड प्रतियोगिता गर्न लागेकोमा पनि खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनाल, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, धनकुटाको साकुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, कांग्रेसका उपाध्यक्ष आश्रचन राई, नेताहरू मोतीराम राई, चन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खेलाडी र विद्यार्थीले मार्चपास गरेका थिए ।










बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया