स्वास्थ्य क्षेत्रभित्र बेथिती छभने एक्स्पोज गर्ने दायित्व पत्रकारहरूको हो : अध्यक्ष पोखरेल

घोराही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले जन–स्वास्थ्यको मुद्दालाई पत्रकारहरूले गम्भीरताका साथ उठाउनुपर्ने बताएका छन् ।

स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सूचनाका माध्यमबाट आमनागरिकलाई सू–सुचित बनाउने दायित्व सञ्चारमाध्यमको रहेको भन्दै पोख्रेलले स्वास्थ्यको विषयलाई पत्रकारहरूले आधारभूत दायित्वका रुपमा बहन गर्नुपर्ने बताएका छन् ।

हात्तीपाइले रोगबिरुद्धको औषधि सेवनबारे दाङका पत्रकारहरूसँग जिल्ला स्वास्थय कार्यालयले गरेको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष पोख्रेलले नागरिकलाई स्वस्थ बनाउन सूचनाको अहम् भूमिका रहने बताए ।

‘नागरिकलाई स्वस्थ बनाउने दायित्व हामी पत्रकारहरूको पनि हो’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी हाम्रो सूचनाले नागरिकलाई सू–सुचित गर्छ ।’

नागरिकलाई स्वस्थ बनाउने महाअभियानमा पत्रकारहरूलाई सकृय बन्न आग्रह गर्दै पोख्रेलले स्वास्थ्यभित्रको बेथितिलाई पनि उजागर गर्नुपर्ने दायित्व पत्रकारहरूकै रहेको बताएका छन् ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रभित्र बेथिती छन् भने त्यसलाई एक्स्पोज गर्ने दायित्व पनि हामी पत्रकारहरूकै हो ।

Published : Saturday, 2023 February 18, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया