एआईजी सिंहलाई प्रहरी मुख्यालयमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंहलाई

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित बिदाइ गरिएको छ ।

शुक्रबार प्रहरी मुख्यालयमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई योगदान गरेको भन्दै प्रशंसा गरेका छन् ।

आईजीपी सिंहले एआईजी पूजा सिंहलाई अवकाशपछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूपमा निर्वाह गरेको भूमिकाको सिंहले स्मरण गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चात पनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास गरेका छन् ।

अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई मायाको चिनो प्रदान गरिएको छ ।

सेवानिवृत्त भएकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आफ्नो मन्तव्य व्यक्त गरेकी छिन् ।

उनले सेवा निवृत्त हुने क्रममा एक पटकको प्रहरी सधै प्रहरी रहने बताएकी छिन् । वर्दियुक्त जीवनबाट मात्र अवकास हुन लागेको उनले बताएकी छिन् ।

प्रहरी सेवामा रहने क्रममा संगठनका सदस्यबाट प्राप्त सद्भावप्रति सधै ऋणि रहने बताउँदै एआईजी पूजा सिंहले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्ग दर्शन गर्ने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गरेकी छिन् ।

‘नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अत्तिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्न चाहन्छु’, उनले भनेकी छिन् ।

एआईजी पूजा सिंहले करिब ३० वर्ष लामो सेवाअवधिमा संगठनमा रहने क्रममा सहकर्मी एवम् मातहत प्रहरी कर्मचारीबाट प्राप्त निरन्तर साथ र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेकी छिन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह विक्रम संवत् २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण फागुन ७ गते अवकास हुन लागेकी छिन् ।

Published : Friday, 2023 February 17, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया