न्युरोडबाट नक्कली नोटसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले बाँकेमा नक्कली नेपाली रुपियाँसहित ३३ वर्षीय मोहन कुमाई समेत तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले नेपालगंज उप–महानगरपालिका–२ न्यूरोडबाट नेपाली १ हजार दरको ५ सय ६९ थान नक्कली नोटसहित कोहलपुर नगरपालिका–११ बस्ने कुमाई समेत तीन जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो ।
नक्कली नोट बरामद भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Wednesday, 2023 February 15, 2:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया