लघु वित्तको चर्को व्याजले महिलाहरूलाई घरबारबिहीन बनायो : सरिता प्रसाइँ
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद सरिता प्रसाइँले वित्तीय संस्थाहरूको ज्यादतीका विरुद्ध आवाज उठाएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद प्रसाइँले लघु वित्तहरूका कारण लाखौं महिला समस्यामा परेको बताइन् । महिलाहरूले ऋण इमान्दारिताका साथ तिर्दा समेत घरबारबिहीन हुनु परेको उनले बताएकी छिन् ।
‘हामीले जनताका अतिआवश्यक कुराहरू पूरा गर्न सकिरहेका छैनौँ’, उनले भनेकी छिन्, ‘किसानालाई आवश्यक पर्ने मल र बीउ दिन सकिरहेका छैनौँ ।’
‘किसानले दुःख गरेर उत्पादन गर्छन् मूल्य पाउँदैनन् । आफ्नो उत्पादनहरू सडकमा फाल्न बाध्य भएका छन्’, उनले भने, ‘महिलाहरूले लघु वित्तमार्फत ऋण लिएर इमान्दारिताका साथ तिर्दातिर्दै तिर्न नसकेर घरबारबिहीन भइ धेरै महिलाहरूले आत्महत्या गरेका छन् ।’
उनले भनेकी छिन्, ‘वित्तीय संस्थाहरूको चर्को व्याजका कारण महिला, व्यवसायी, किसानहरूले आत्महत्या गरेको समाचार दिनदिन सुन्न परेको छ ।’
‘सदनमा बसेर ठूला भाषण गरेर यो पार्टी र त्यो पार्टी भनेर गाली गरेर अब कसैले पत्याउने छैनन्’, कांग्रेस सांसद प्रसाइँले भनेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया